२०८३ कात्तिक २० , बिहीबार
ताजा अपडेट:

दानबहादुर कार्कीको कानुनी लडाइँ सुरु, सरकारको निर्णय बदर गर्न सर्वोच्चमा पुगे



 

काठमाडौं, मंसिर १९

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

कार्कीका तर्फबाट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिसम्बन्धी सरकारी निर्णयविरुद्ध रिट दायर गरिएको जानकारी दिएका छन्।

सरकारको निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। यता कार्कीले भने आफूलाई पुनः प्रहरी महानिरीक्षकको पदमा बहाली गर्न माग गरेका छन्।

हाल उक्त रिट सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको अदालत प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार