२०८३ भदौ १८ , बिहीबार
ताजा अपडेट:

पाल्पामा १० वर्षीया बालिकामाथि करणीको आरोपमा १६ वर्षीय किशोर पक्राउ



पाल्पा ।

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत साउन ५ गते किशोरले बालिकालाई लिची खुवाउने प्रलोभन देखाउँदै आफ्नो घरमा बोलाएका थिए। त्यसपछि बालिकालाई फकाईफुल्याई घरको गोठमाथिको पहिलो तलामा रहेको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको हो। उनलाई पाल्पा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार