कात्तिक, सुर्खेत
सुर्खेतबाट काठमाडौंका छुटेका रात्रिकालिन करिब १५ वटा बसहरु प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
सिट क्षमता भन्दा बढी यात्रु बाेके सुर्खेतबाट काठमाडौं तर्फ गैरहेका बसहरुलाई सुब्बाकुनामा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपनिक्षक रुपेश खड्काले बताएका छन ।
यात्रुहरुकाे सुरक्षाका लागि अर्काे बसकाे व्यावस्था गरि गन्तव्य स्थान सम्म पुर्याउन यातायात समितिहरुसँग छलफल गर्ने र अर्काे बसकाे व्यावस्था नगरे सम्म नछाड्ने खड्काले जानकारि दिय ।
प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेडेकाे भन्दै शनिबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा रातानाङ्लामा दुर्घटनामा परि मृर्तकका आफन्त जनहरुले आन्दोलन गरेका थिय ।
१५ सिट भएकाे गाडिमा ३४ जना यात्रु राखेकाे देख्दा पनि ट्रफिक प्रहरी र चेक पाेष्टमाहरुमा ध्यान नदिने सब वाला सँग हप्ता लिने गरिएकाले यातायात व्यावसायिकहरुले क्षमता भन्दा बढि यात्रु राखेकाे खासै ध्यान नदिने गरिएको आन्दोलनकारीले प्रहरीको लापरबाहीरका कारण दुर्घटना बसेको भन्दै प्रदर्शन गरेका हुन ।
दैलेखबाट सुर्खेत तर्फ आउदै गरेकाे उक्त फाेर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।