२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

रास्कोट नगरपालिकाले ल्यायो ४७ करोड २२ लाख ८२ हजार ५ सय ५१ रुपैयाँको बजेट



 

कालिकोट, असार ७ गते

रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४७ करोड २२ लाख ८२ हजार ५ सय ५१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाले शुक्रबार सम्पन्न १३ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो।
नगरपालिकाका प्रवक्ताका अनुसार प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको छ। बजेटको मुख्य उद्देश्य नगरवासीको जीवनस्तरमा सुधार ल्याउनु र समग्र नगरको विकास गर्नु रहेको बताइएको छ।

नगरसभामा नगरप्रमुखले आगामी वर्षका लागि लिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बजेटमा युवा स्वरोजगार कार्यक्रम, खानेपानी तथा सरसफाइ योजना, सडक स्तरोन्नति र कृषि उत्पादन वृद्धि जस्ता कार्यक्रमलाई विशेष जोड दिइएको छ।

विभिन्न क्षेत्रका सरोकारवालाहरूको राय सुझावलाई समेटेर बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ। नगरवासीले विकास निर्माणका कार्यमा सक्रिय सहभागी भई नगरपालिकालाई सहयोग गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार