१५ चैत्र,काठमाडौं । समाजवादी मोर्चा नेपालले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्र’ विरुद्ध केही समय भित्रै काठमाडौंमा विशाल जनप्रदर्शन सुरु भएको छ ।
प्रदर्शनका लागि तोकिएको स्थानहरुमा प्रदर्शनकारीहरु जम्मा हुने क्रम पनि जारी छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्रर्दशन सुरु भईसकेको छ । अरु दलहरुले पनि प्रदर्शन सुरु गर्न लागेका छन ।
विभिन्न ठाउँबाट भएका प्रदर्शनहरु भृकुटीमण्डमा पुग्नेछन । प्रदर्शनको सुरक्षाका लागि नेकपा निकट युवा संगठन नेपालले सयौ युवाहरुको स्वयम सेवक दस्ता खटाएको छ ।

राजधानीमा वाक्लो सुरक्षाकर्मीको पनि परिचालन गरिएको छ । उता आजै राजावादीहरुको पनि तीनकुनेमा प्रदर्शनको तयारी भएकाले सुरक्षा चुनौती हुनसक्ने सुरक्षाकर्मीहरुको अनुमान छ ।
प्रदर्शनपछिको जनसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विप्लव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरुले सम्वोधन गर्नेछन ।
मोर्चाले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौ ! गणतन्त्रको सम्वद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौं’ भन्ने मुलनारा तय गर्दै काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने छ ।
प्रदर्शनमा समाजवादी मोर्चा, नेपाल – जिन्दावाद, समाजवादी क्रान्ति – जिन्दावाद, प्रतिगामी षडयन्त्र – मूर्दावाद, गणतन्त्र नेपाल – जिन्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, भ्रष्टाचारीलाई कारवाही गर,सुशासन कायम गर, महँगी र कालोबजारी नियन्त्रण गर, सहकारी, लघुवित्त र मिटर ब्याजीको समस्या समाधान गर,चर्को ब्याज – नियन्त्रण गर, वेरोजगारी समस्या समाधान गर ,महिला र दलितमाथिको उत्पीडन अन्त्य गर, शिक्षकहरुको समस्या समाधान गर र वीर सहिद – लाल सलाम जस्ता नाराहरु लगाईएको छ ।










प्रतिक्रिया दिनुहोस्