अशाेक शाही
रास्कोट, (कालिकोट) –
महावै गाउँपालिकाद्वारा आयोजित चौथो अध्यक्ष कप अन्तर पालिका महिला भलिबल प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरी रास्कोट नगरपालिका प्रथम भएपछि नगरले आफ्ना विजेता खेलाडीहरूलाई भव्य स्वागत तथा सम्मान गरेको छ।
विजेता खेलाडीहरूलाई नगर प्रमुखको नेतृत्वमा विशेष समारोहको आयोजना गरी सम्मान गरिएको थियाे ।
नगर प्रमुखले विजेता खेलाडीहरूलाई खादा, माला तथा प्रमाण पत्रले सम्मान गर्दै नगरपालिकाको गौरव बढाएकोमा नगर प्रमुख धर्मराज शाहीले बधाई दिनु भएकाे थियाे ।
नगर प्रमुखकाका अनुसार खेलकुदको विकासका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहने र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुकाे साथै प्रशिक्षक र खेलकुद समितिका अध्यक्षले पनि खेलाडीहरूको अथक मेहनत र समर्पणले यो सफलता सम्भव भएको बताउँदै आगामी दिनमा थप राम्रो प्रदर्शन गर्ने विश्वास नगर प्रमुख शाहीले रहेकाे बताउनु भएकाे थियाे ।











प्रतिक्रिया दिनुहोस्