२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

रवि लामिछानेविरुद्धका मुद्दा ‘फास्ट ट्रयाक’मा टुंग्याउन रास्वपाको माग



 

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेविरुद्ध विभिन्न निकायमा विचाराधीन मुद्दाहरूलाई छिटोभन्दा छिटो टुंग्याउन सरकार र सम्बन्धित न्यायिक निकायहरूलाई आग्रह गरेको छ।

पार्टीले अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेविरुद्ध मुद्दाहरू दर्ता गराएको आरोप लगाएको छ।
रास्वपाको भनाइअनुसार, तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रह राखेर फसाउने नियतले मुद्दा प्रक्रिया अघि बढाएको थियो। तर, वर्तमान सन्दर्भमा नागरिकले ती मुद्दाहरूमाथि न्यायोचित व्यवहार र ‘फास्ट ट्रयाक’ (द्रुत गति) मा निष्कर्ष निकाल्ने अपेक्षा राखेका छन्।

पार्टीले यी कानुनी मुद्दाहरू छिटो किनारा लागेमा सभापति लामिछानेले मुलुकको राजनीतिमा थप सक्रिय र प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेको छ।
“सबैलाई मिलाउने नेतृत्व क्षमता भएका रवि लामिछानेले ‘जेन जी’ (Gen Z) अर्थात् नयाँ पुस्ताको भावनाअनुरुप एक सशक्त वैकल्पिक शक्ति निर्माण गर्ने आशा धेरै नागरिकले राखेका छन्,” रास्वपाको भनाइ छ, “त्यसका लागि पनि यी मुद्दाहरूको छिटो र न्यायपूर्ण निरुपण आवश्यक छ।”

पार्टीले कानुनी अड्चनहरूलाई लम्ब्याइरहनुको सट्टा, निष्पक्ष र द्रुत प्रक्रियामार्फत सत्यतथ्य बाहिर ल्याउन र न्याय दिन  आह्वान गरेको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार