ललितपुर,
२०८२ साउन ३१
अशाेक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा सारिने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
लामिछानेलाई कारागार सारिने खबर फैलिएपछि नख्खु कारागार परिसरमा उनका समर्थक, शुभेच्छुक र स्थानीयहरूको उल्लेख्य उपस्थिति देखिएको छ। सम्भावित भिडभाड र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूको बाक्लो परिचालन गरिएको छ।
यसअघि, रवि लामिछाने रुपन्देहीको भैरहवास्थित कारागारमा थिए। उनलाई नख्खु कारागारमा ल्याउने प्रक्रिया चलिरहेको जानकारी प्राप्त भएको छ। यस स्थानान्तरणले ललितपुरको सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाइएको छ।
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार











प्रतिक्रिया दिनुहोस्