समाचार सारांश
- वादी सरोकार मञ्च नेपाललाई दैनिक उपभोग्य खाद्य सामग्री हस्तान्तरण गरेको हो।
- वादी सरोकार मञ्च नेपालका सञ्चालक समिति सदस्य श्री प्रकाश वादीले हस्तान्तरण गरिएको खाद्यान्न सामग्रीले सो संस्थामा बसोबास गर्दै आएका ११० जना वादी विद्यार्थीहरूलाई पौष्टिक आहार प्राप्त गराउन सहयोग पुगेको जानकारी दिनुभयो।
सुर्खेत, असार २७ गते —
हिमालयन बैंक लिमिटेड, कर्णाली प्रदेश सुर्खेत शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत दुई वटा महत्वपुर्ण कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले सुर्खेत नगरपालिका–०८ मा अवस्थित वादी सरोकार मञ्च नेपाललाई दैनिक उपभोग्य खाद्य सामग्री हस्तान्तरण गरेको हो। सो कार्यक्रममा वादी सरोकार मञ्च नेपालका सञ्चालक समिति सदस्य श्री प्रकाश वादीले हस्तान्तरण गरिएको खाद्यान्न सामग्रीले सो संस्थामा बसोबास गर्दै आएका ११० जना वादी विद्यार्थीहरूलाई पौष्टिक आहार प्राप्त गराउन सहयोग पुगेको जानकारी दिनुभयो। साथै, यसले संस्थाको वित्तीय भार घटाउनुका साथै नगद कोषमा पनि राहत पुर्याएको भन्दै बैंकप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
त्यस्तैगरी, बैंकले सुर्खेत नगरपालिका–०९ स्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल काक्रेविहार मन्दिरमा पर्यटकहरूलाई दृश्यावलोकनमा सहजता र विश्रामको सुविधा मिलोस् भन्ने उद्देश्यले तीनवटा आकर्षक सार्वजनिक बेञ्चहरू उपलब्ध गराएको छ। सो बेञ्चहरू वीरेन्द्रनगर–०९ का वडा अध्यक्ष श्री ऋषी गिरीको सहजीकरणमा काक्रेविहार मन्दिर संरक्षणमा सक्रिय श्री सुरत रावल तथा उहाँको टोलीले बुझबुझारथ गर्नुभएको थियो।
पर्यटकहरूले पनि नयाँ बेञ्चहरूको उपलब्धताले काक्रेविहारको दृश्यावलोकनमा सहजता प्रदान गर्नुका साथै विश्राम गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। यसले धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा टेवा पुगेको उल्लेख गरिएको छ।
हिमालयन बैंक लि. सुर्खेत शाखाका प्रबन्धक श्री राघव खड्काका अनुसार, बैंकले सञ्चालन गरेका यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले बैंक र समाजबीचको सम्बन्ध अझ आत्मीय र प्रगाढ हुँदै गएको छ। उहाँले आगामी दिनमा पनि समाजप्रतिको उत्तरदायित्व बोक्दै यस्ता कार्यहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।











प्रतिक्रिया दिनुहोस्