२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

किशोरीलाई प्रलोभनमा पारेर डिम्बको अवैध कारोबार,निःसन्तान दम्पती बाट २० लाखसम्म असुली



 

समाचार सारांश
Generated Using AI
  • १८ वर्षमुनिका किशोरीहरूबाट डिम्ब सङ्कलन गरी निःसन्तान दम्पतीलाई बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
  • किशोरीहरूलाई १० दिनसम्म बबरमहलमा राखि नाइटो वरपर सुई लगाइन्थ्यो।
  • १३औँ दिनमा बेहोस बनाएर उनीहरूको डिम्ब निकालिने र ती डिम्ब निःसन्तान दम्पतीलाई २० लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ।
  • डिम्ब दिने किशोरीलाई १५ हजार रुपैयाँ र एजेन्टलाई ४० हजार रुपैयाँ कमिसन दिने गरिएको थियो।

काठमाडौं
२०८२ असार ३१ गते

किशोरीहरुकाे डिम्ब बिक्री गरेकाे आराेपमा काठमाडौंका दुईवटा क्लिनिकमाथि प्रहरीले अनुसन्धान गर्न थालेकाे छ।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगञ्जस्थित एन्जेल फर्टिलिटी क्लिनिकले गैरकानुनी रूपमा १८ वर्षमुनिका किशोरीहरूबाट डिम्ब सङ्कलन गरी निःसन्तान दम्पतीलाई बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले होप फर्टिलिटीका तीन चिकित्सक डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, डा. मलिना चौधरी, एजेन्ट जस्टिना प्रधान र अलिसा ओलीलाई पक्राउ गरेको थियो। तर, काठमाडौं जिल्ला अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको छ।

एन्जेल फर्टिलिटी क्लिनिकबाट पक्राउ परेका एक जनालाई पनि सोही शर्तमा छाडिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका अनुसार, २० वर्षीया एजेन्ट जस्टिना प्रधानले रजस्वला भएको तीन दिनभित्रका किशोरीहरूलाई प्रलोभनमा पारेर क्लिनिकसम्म पुर्‍याउने गर्थिन्।

किशोरीहरूलाई १० दिनसम्म बबरमहलमा राखि नाइटो वरपर सुई लगाइन्थ्यो। १३औँ दिनमा बेहोस बनाएर उनीहरूको डिम्ब निकालिने र ती डिम्ब निःसन्तान दम्पतीलाई २० लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ।

डिम्ब दिने किशोरीलाई १५ हजार रुपैयाँ र एजेन्टलाई ४० हजार रुपैयाँ कमिसन दिने गरिएको थियो।
याे घटनाकाे बारेमा सीआईबीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार