२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

बिरामी बोकेकाे प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण



दैलेख
प्रतिमा शाही

 

हुम्ला बाट बिरामि बाेकेर काठमाडौं उडेकाे हेलिकप्टर गुराँस गाउँपालिकाकाे तल्लाेडुंगेश्वरमा आकस्मिक अवतरण गरेकाे छ ।

दैलेख जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक लालबहादुर सुनारले दिएको जानकारी अनुसार, प्रतिकूल मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गराउनुपरेको बताउनु भएकाे छ ।

हुम्लाको हिल्सा क्षेत्रबाट एक जना बिरामीलाई उपचारका लागि काठमाडौं लैजाँदै गरेको हेलिकप्टर बाटोमा बाक्लो कुहिरोको सामना गर्नुपरेको थियो।
कुहिरोका कारण हेलिकप्टरका चालकले अगाडिको दृश्य स्पष्ट रूपमा देख्न नसकेपछि सुरक्षालाई ध्यानमा राख्दै हेलिकप्टरलाई नजिकैको सुरक्षित स्थानमा अवतरण गर्ने निर्णय लिएकाे प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले यस घटनाको पुष्टि गर्दै मौसम खराबी नै अवतरणको मुख्य कारण रहेको बताउनु भएकाे छ ।

दिउँसो करिब २ः३० बजे दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको उक्त हेलिकप्टरमा टाउकोमा गम्भीर चोट लागेका एकजना बिरामी थिए। साथै, हेलिकप्टरमा दुई जना चालक दलका सदस्यसहित जम्मा पाँच जना यात्रु सवार रहेका थिय ।

आकस्मिक अवतरणपछि यात्रु र चालक दलका सदस्यहरू सबै सुरक्षित रहेका छन। मौसममा सुधार आउने बित्तिकै हेलिकप्टरले आफ्नो गन्तव्यतर्फ पुनः उडान भर्ने प्रयास गरेको थियो

। अन्ततः साँझ ५ बजेतिर मौसम अनुकूल भएपछि हेलिकप्टर सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो। सुर्खेतमा अवतरण गरेपछि बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको थियो। यस घटनाले विकट हिमाली क्षेत्रमा मौसमको परिवर्तनले हवाई यातायातमा पार्ने असरलाई पुनः एकपटक उजागर गरेको छ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार