प्रतिमा शाही
चितवन
नेपाल विद्युत प्राधिकरण चितवनकाे भरतपुर वितरण केन्द्र कार्यालयका केन्द्र प्रमुख रामु श्रेष्ठ कार्य कक्षमै किटिएका छन ।
प्राधिकरणकाे डिजिटल बाेर्डमा केपी चाेर देश छाेडले नारा देखिए पछि एमालेका पार्टी कार्यकर्ताहरुले श्रेष्ठमा कुटपिट भएकाे हाे ।
ह्याकरले डिजिटल बाेर्ड ह्याक गरि कार्यालयकाे बाेर्डमा के पी चाेर देश छाेड नारा देखिए थियाे ।
साेमवार बसेकाे मन्त्रीपरिषदकाे बैठकले विद्युत प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरे पछि कार्यालयकाे डिजिटल बाेर्डमा प्रधानमन्त्री विरुद्ध नारा राखिएकाे कार्यालय स्राेतले जानकारि दिएका छन ।
चितवन प्रहरीले ह्याकरकाे खाेजी गर्नुकाे साथै हाकिम श्रेष्ठ माथि कुटपिट गर्ने विरुद्ध हाल उजुरि नपरेकाे र उजुरी परे पछि घटना सम्बन्धि अनुसन्धान गरिने प्रहरीकार्यालय चितवनले बताएकाे छ ।










प्रतिक्रिया दिनुहोस्