२०८३ साउन १२ , मंगलबार
ताजा अपडेट:

 पूर्व प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यलाई १८ महिना कैद



 

दैलेख ।
दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। अदालतले खोला ठेक्का प्रक्रियामा ठेकेदारसँग मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको ठहर गर्दै उनलाई १८ महिनाको कैद सजाय सुनाएको हो।

अदालतको फैसलाअनुसार आचार्यले सार्वजनिक सम्पत्तिको व्यवस्थापन र ठेक्का प्रक्रियामा आफ्नो जिम्मेवारी विपरीत कार्य गर्दै सरकारी कोषमा नोक्सानी पुग्ने गरी अनियमितता गरेको पुष्टि भएको छ। सोही आधारमा उनलाई भ्रष्टाचारसम्बन्धी कसुरमा दोषी ठहर गरिएको हो।

यस प्रकरणले स्थानीय तहमा हुने सार्वजनिक स्रोत–साधनको पारदर्शी व्यवस्थापन र सुशासनमाथि पुनः प्रश्न उठाएको छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक पदको दुरुपयोग गर्ने व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने माग नागरिकस्तरबाट निरन्तर उठ्दै आएको छ।

स्थानीय तहका विकास आयोजना तथा प्राकृतिक स्रोतको ठेक्का व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता यस घटनाले थप उजागर गरेको छ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार