< Skip to content
२०८१ मंसिर १० सोमबार
२०८१ मंसिर १० सोमबार

सहकारीको ठगी धन्दाः ‘३० लाख ऋण लगानी,८५ लाखको तमसुक’

१७ असाेज ,बाँके ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर १७ सदरलाईनमा कार्यालय रहेको मध्यपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक सोझो महिलामाथि ३० लाख ऋण लगानी गरेर ८५ लाखको तमसुक बनाएको रहस्य वाहिरीएको छ ।
सहकारीको कार्यालय राखिएको घरकै घरभेटी ‘उपमा टण्डन’लाई २०८० सालको असार ५ गते ३० लाख ऋण लगानी गरेकोमा सहकारीले झुक्याएर थप ५५ लाखको अर्को तमसुक बनाएर ठाडो ठगी धन्दा गरेको रहस्य वाहिरिएको हो ।
सहकारीले उपमाको नाममा असार ५ गते ३० लाख ऋण लिएको पहिलो तमसुक गरेको छ । यस्तै ५५ लाख ऋण पनि त्यही दिन लिएको अर्को तमसुक पनि छुट्टै गरेको छ । पीडित उपमा र उनका छोराले भने खाली पेपरमा हस्ताक्षेर गर्न लगाएर अर्को तमसुक खडा गरेको आरोप लगाएका छन ।
सहकारीले घरभेटी उपमा टण्डनको नाममा रहेको करोडौ मुल्यपर्ने कित्ता नम्वर ९,३ र ३० को ३९३.५७ वर्गमिटरको जग्गा र सुविधासम्पन्न २ तले घर हड्प्ने नियतले थप ५५ लाखको नक्कली ऋणको तमसुक बनाएको उपमा टण्डनका जेठा छोरा जयन्त कुमार टण्डनले दाबी गरेका छन ।

उनले आमा विरामी भएर उठन नसक्ने हुदा पनि सहकारीमा आफ्नै बचत गरेको रकम उपचारका लागि माग्दा पनि फिर्ता नदिएको दुखेसो पोखेका छन । जयन्तले आफूले लिएको ऋण तिर्न तयार भएपनि नलिएको ऋण भिराएर तिर्न उर्दि गरेर घरजग्गा लिलाममा लगाएको भन्दै न्यायको लागि अपिल गरेका छन ।

सहकारीले ऋण लिएको एक वर्ष भित्रै एक स्थानीय पत्रिकामा घर जग्गा लिलामको सूचना पनि प्रकाशित छ । कानुनी रुपमा सबै नक्कली काजजातहरु खडा गरी घर जग्गा हड्प्ने उद्देश्यले विभिन्न प्रयासहरु गरिएको स्थानीयवासी सुरज कुमार पटहरले बताए ।
तर पीडित उपमा दण्डनले सहकारीको सो रबैया विरुद्ध उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा घर जग्गा लिलाम हुनबाट रोक्न प्रमादेशको आदेश माग गर्दै हालेको उजुरीले तत्कालका लागि अदालतले स्टेअडर जारी गरेको छ । उच्च अदालतका न्यायधिस पुनम सिंह चन्दको एकल इजलासले यही असोज १५ गते घर जग्गा लिलाम विक्रि रोक्न विपक्षका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको अन्तरितम आदेशमा भनिएको छ ‘निवेदकले अन्तरिम आदेश माग गरेको विषय तर्फ हेर्दा प्रस्तुत निवेदनको प्रकृति,अवस्था र गाम्भिर्यता समेतवाट विपक्षीयको लेखित जवाफ परेपछि पुर्नविचार हुने गरी हाल निवेदनमा उल्लेखित विपक्षीयवाट मिति २०८१ भदौ १३ मा प्रकाशित सूचना वमोजिम निवेदकको घर जग्गा लिलाम नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम विपक्षीयहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ।’
अदालतको यो आदेश पछि तत्कालका लागि टण्डन परिवारको घर जग्गा लिलाम हुन रोकिएपनि समस्या भने समाधान भएको छैन ।
पीडित उपमाका छोरा जयन्तले अदालती प्रक्रियावाट मात्र नभएर यसवारे केही सहयोग गर्न नेकपा बाँकेलाई निवेदन दिएका छन । नेपाल कम्युनिष्ट पार्टी बाँकेले यो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
बुधवार यस विषयमा बुझविस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी बाँकेका इन्चार्ज रक्तिम, सेक्रेटरी कल्पना सहितको टोली सहकारीको कार्यालयमा पुगेर प्रारम्भिक बुझविस्तार गरेको छ । टोलीले पीडित उपमाको स्वास्थय अवस्थाको वारे समेत जानकारी लिएको छ ।
उपमा मधुमेह रोगले थला परेकी छन । उठन र बोल्न पनि कठिन छ । यो बेला मानवीयता समेत गुमाएर सहकारीले घर जग्गा कव्जा गर्ने नियत बनाएर फसाएको पीडित परिवारको दुखेसो छ । नेकपाको टोलीले याथशिघ्र सहकारीलाई समस्याको समाधान दिन आग्रह गरेको छ । यदि समस्या समाधानमा गम्भीर नभए पार्टीले कुनै पनि मुल्यमा पीडितलाई न्याय दिएर छोड्ने प्रतिबद्धता जनाएको छ ।
सहकारीका कोषाध्यक्ष रहेका छविलाल यादवले सहकारीका अध्यक्ष सहितको टिम वोलाएर छलफल गरी समस्याको समाधान खोज्न आफू तयार भएको नेकपाको टोलीसंग बताएका छन ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।