२०८३ असार २० , शनिबार
ताजा अपडेट:

जंगली हात्तीको आक्रमबाट एक महिलाको मृत्यु



इलाम

जिल्लाको रोङ गाउँपालिका–६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ।

प्रहरी स्रोतका अनुसार अन्दाजी ५० देखि ५५ वर्ष उमेरकी, नाम र ठेगाना खुल्न नसकेकी महिला मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको इलाम प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार