२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

मदिरा सेवन गरी तीन जनामाथि धारिलो हतियार प्रहार, आक्रमणकारी फरार



 

देपेन्द्र बहादुर शाही

कञ्चनपुर, असार ३१ –

कञ्चनपुर जिल्लाको पुनर्वासमा शुक्रबार राति एक व्यक्तिले मदिरा सेवन गरी तीन जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–६ मनकामना टोलमा राजु सुनारले स्थानीय गोविन्द सुनारसँग विवाद भएपछि इँटा र चक्कु प्रहार घाइते बनाएकाे प्रहरीले बताएकाे छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार मदिराले मात्तिएका सुनारले गोविन्द सुनार सहित तीन जनालाई कुटपिट गरेका थिए। आक्रमणमा परी स्थानीय सुनिता सुनारको निधार र मुखमा गम्भीर चोट लागेको छ भने सुशीला सुनारको टाउकोमा र गोविन्द सुनारको निधार तथा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनाको आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको छ।

घटना लगत्तै धारिलो हतियार प्रहार गर्ने राजु सुनार फरार भएका छन्। उनको खोजीका लागि प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमाण्डमा सात जनाको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार