मिति: २९ चैत्र २०८१, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
पदकाे दुरुपयोग गरेकाे आराेपमा वडा अध्यक्षलाई स्थानीयले पाेलमा बाँधे – Darsan Nepal
कर्णाली प्रदेशस्थानीय तह

पदकाे दुरुपयोग गरेकाे आराेपमा वडा अध्यक्षलाई स्थानीयले पाेलमा बाँधे

दैलेख

जिल्लाकाे दुल्लु नगरपालिका वडा नंं.३ का वडा अध्यक्षला ई स्थानीयले पाेलमा बाँधेर प्रश्न गरेकाे भिडियाे सामाजिक सञ्जालमा भाईरल भएकाे छ ।

सामाजिक सञ्जाल फेसबुकमा २७ सेकेन्डकाे एउटा भिडियो भाईरल बन्नुकाे साथै चासाेकाे बिषय बनेकाे छ ।
उक्त भिडियोमा एक जना व्याक्तिले युट्युबर सैलिमा पश्न साेधि रहेकाे देखिन्छ ।
पश्नमा तपाईं साँचिकै जनप्रतिनिधि हाे ?
पाेलमा बाँधिएका व्याक्ति -हाेवडा अध्यक्ष हुँ
वडा अध्यक्षकाे मथलव के हुन्छ ?
जनतालाई प्रस्ट बताउनुहाेस जनताबाट निर्वचित भएर तपाईं वडाध्यक्ष हुनु भएकाे हाे ? जस्ता पश्नहरु गरेकाे भिडियोमा देख्न सकिन्छ ।

पश्न गर्ने व्याक्ति मदिरा सेवन गरेर बाेलेकाे जस्तै सुन्छ ।
वडाध्यक्ष जस्तो व्याक्ति भएर राति राति अर्काकाे श्रीमती लगेर घुमाउने भन्ने जस्ताे बाेलि बाेलिएकाे छ तर भिडियो र अडियाेकाे लिप्सिङ भने मेल खाएकाे देखिदैन ।

भिडियोकाे बारेमा हामिले दुल्लु नगरपालिका -३ का वडा अध्यक्ष कुल बहादुर कार्की सँग 98699734** फाेन गरे बुझ्दा पाेलमा बाँधिएकाे व्याक्ति आफुनै भएकाे बताएका छन ।
अध्यक्ष कार्किका अनुसार उनिहरु सँग कुनै पनि प्रकारकाे कुनै रिसराग ,लेनदेन नभएकाे र मदिरा सेवन गरि विभिन्न प्रकारका आराेप लगाएर रातिकाे समयमा आफुलाई पाेलमा बाधेकाे बताय ।

यदि मेराे कमजोरी नै थियाे भने कानुनि प्रकृयामा जान सक्नु हुन्थ्याे यदि कमिकजाेरि भए कानुन बमोजिम कारबाही हुन्थ्यो तर आफुलाई रातिकाे समयमा अपहरण तथा शरीर बन्धक शैलिमा अमानवीय क्रियाकलाप गरेकाेले चार जना बिरुवा अपहरण तथा शरीर बन्धक किटानी जाहेरी दिएकाे बताय ।

कार्किकाे जाहेरीकाे आधारमा डाैंसुरका विशाल खड्का नगेन्द्र रावल,उपेन्द्र रावल र एक जना अर्का नाम नखुलेका व्याक्ति पक्राउ गरि अनुसन्धान भइरहेको र भिडियोकाे बारेमा वास्तविकता खुल्ने प्रहरी प्रमुख सुनिल दाहालले बताएका छन ।

स्थानीयका अनुसार वडाध्यक्ष कार्की रातिकाे समयमा सरकारि माेटरसाईकलमा एक जना महिलालाई बाेकेर हिडेकाे देखिएकाले स्थानीय युवाहरुले रातिकाे समयमा अर्काको श्रीमतीलाई आँखाे लगाउने जनताकाे कुरा नसुन्ने कार्यालयकाे समयमा वडामा नहुने आफू खुशी कार्य गर्ने पदकाे दुरुपयोग गर्ने जस्ता स्थानीयले आराेप लगाएका छन ।

वडाध्यक्ष कार्कि २०७९ काे स्थानिय तहकाे निर्वचनमा नेकपा (माओवादी केन्द्र )बाट निर्वाचित भएका थिय ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button