२०८२भदाै१२
हुम्ला,
हुम्लाको ताँजाकोट गाउँपालिकामा एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार, फेज नेपालमा कार्यरत ती महिला स्वास्थ्यकर्मीले सामूहिक बलात्कार प्रयासको आरोप लगाएकी छिन्। गत मंगलबार राति करिब ११ बजेतिर उनी बसेको कोठामा गएर उनीहरूले अभद्र व्यवहार गरेको डिएसपी पोखरेलले जानकारी दिए।
पीडित महिलाको आरोप छ कि मदिरा सेवन गरेर उनीहरू तीनै जनाले बलात्कारको प्रयास गरेका हुन्। घटनालगत्तै उनीहरूलाई राति नै सिमकोट ल्याइएको थियो। प्रहरीका अनुसार, उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ।
पीडित महिलाको बयानका आधारमा मुद्दा दर्ता गरी आवश्यक कारबाहीका लागि आजै जिल्ला अदालतमा म्याद थप गरिने डिएसपी पोखरेलले बताए।










प्रतिक्रिया दिनुहोस्