२०८३ असार २० , शनिबार
ताजा अपडेट:

अनुमती नलि जंगल भित्र बसाेबास गर्ने १००भन्दा बढि विदेशी नागरिक



देपेन्द्र ब शाही
कैलाली

कैलालीको घाेडाघाेडी नगरपालिका ९ स्थित जंगलमा १००भन्दा बढि अनुमति बिना विभिन्न देशका विदेशी नागरिकहरु टहरा र त्रिपाल बनाएर बसाेबास गरिरहेकाे अवस्थामा भेटिएका छन ।

यसरी बसाेबास गर्नेमा अमेरिका,चीन, भारत, क्यानडा लगाएत विभिन्न देशका नागरिकहरु फेमिल ग्यादरिङ नाम दिएर समुहमा आएकाे कुनै आधिकारिक निकाए बाट अनुमति नलिई बसाेबास गरेकाे जिल्ला प्रमुख अधिकारी गाेगन बहादुर हमालले बताएका छन ।
हमलाकाे नेतृत्वमा उनिहरु बसाेबास गरि रहेकाे स्थानमा पुग्दा विदेशी नागरिकहरु अर्धनग्न अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासाे आएपछि हमाल सहितकाे प्रहरी टाेलि उक्त स्थानमा पुगेकाे थियाे ।

आफुहरु प्रकृति प्रेमी रहेकाे बताउने विभिन्न देशका प्राकृतिक स्थानहरुमा पुगेर बसाेबास गर्ने प्रकृति सँग रमाउने गरेकाे विदेशी नागरिकहरुले बताएका छन ।

नेपाल सरकार वा स्थानिय निकाय सँग अनुमति नलिएकाले उक्त स्थान २४ घण्टा भित्र खालि गर्न निर्देशन दिएकाे हमालले बताएका छन ।

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार