२३ साउन, कालिकोट ।
कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवा भन्ने स्थानमा आज बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा पुर्याइएको छ ।
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्