२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

बडिमालिका तीर्थयात्रीका लागि रास्कोट नगरपालिकाद्वारा चिकित्सक टोली परिचालन



कालिकोट
२०८२ साउन १९
बडिमालिका जाने तीर्थयात्रीका लागि रास्कोट नगरपालिकाले चिकित्सक सहितको टोली परिचालन गरेको छ।
नगरपालिकाले बडिमालिकाको दर्शन गर्न जाने भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा गर्दै यो कदम चालेको हो।
विशेष गरी साउन २२ गते बडिमालिकामा हुने विशेष पूजामा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्छ। यही कुरालाई ध्यानमा राख्दै कुनै पनि भक्तजनलाई स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको टोली पठाएको हो।

रास्कोट नगर अस्पतालका डा. कमलप्रसाद बराल, जनकराज न्यौपाने, र नागराज बराल लगायतका स्वास्थ्यकर्मीको टोलीलाई आवश्यक औषधि र उपकरणसहित पठाइएको नगरप्रमुख धर्मराज शाहीले जानकारी दिए।

नगरप्रमुख शाहीका अनुसार, बडिमालिका जाने तीर्थयात्रीमा लेक लाग्ने, दम बढ्ने र अन्य दुर्घटनाको जोखिम हुने गर्छ। विगतमा पनि यस्ता समस्याहरू देखिएकाले यस वर्ष भक्तजनले यस्ता समस्या भोग्न नपरोस् भनेर यो टोली परिचालन गरिएको हो।

रास्कोटको बाटो हुँदै हालसम्म १५ सय देखि १८ सय भन्दा बढी तीर्थयात्री बडिमालिकातर्फ गएका छन् भने देशभरबाट आउने तीर्थयात्रीहरूका लागि कालिकोटको रास्कोट, सान्नी त्रिवेणी, र नरहरिनाथ गाउँपालिका लगाएत विभिन्न बाटो हुँदै तीर्थयात्रीहरु बडिमालिका जाने गर्दछन । सकिन्छ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार