२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

गगने खोलामा पहिरो, कर्णाली राजमार्ग ठप्प



 

कालिकोट
अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग ठप्प भएको छ।

कालिकोटको गगने खोलामा गए रातिदेखि परेको मुसलधारे पानीसँगै आएको ठूलो पहिरोले सडक अवरुद्ध बनाएको सडक डिभिजन जुम्लाले जनाएको छ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बिहान ६ बजेदेखि गगने खोलामा यातायात बन्द भएको जानकारी दिनुभयो।

उहाँले सडक खुलाउन आवश्यक हेभी मेसिन र जनशक्ति परिचालन गरिएको बताउनुभयो।
लगातारको वर्षाका कारण सडकको अवस्था थप बिग्रन सक्ने भएकाले सडक डिभिजनले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत र नेपालगन्जतर्फ जान लागेका मालवाहक तथा यात्रुबाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार