२०८३ असार २० , शनिबार
ताजा अपडेट:

डाेटीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु चारजना घाइते



 

डोटी, असार ६ गते

डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा आज शुक्रबार दिउँसो भएको जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, दुर्घटना दिउँसो १:४० बजे आदर्श गाउँपालिकाको मौवास्थित खिराधार भन्ने स्थानमा भएको हो।
सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ गइरहेको अवस्थामा सडकबाट करिब २५० मिटर तल खसेको जनाइएको छ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने चार जना गम्भीर घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
छानबिन भइरहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार