२०८२ फागुन २७ , बुधबार
ताजा अपडेट:

भिर बाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु



 

कालिकोट,
पचालझरना गाउँपालिका–२ मा एक महिला भिर बाट लडेर घटनास्थलमै मृत्यु भएकाे छ ।
अन्दाजी ३० बर्षिय सिद्धा बिक हुमान्ना वन क्षेत्रमा घाँस काटेर घर फर्किने क्रममा दुर्घटना भएको हो। घाँसको भारी बोकेकै अवस्थामा चिप्लिएर करिब ३०० मिटर तल खसेपछि घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले जनाएको छ।

सिद्धा बिकका श्रीमान् पादम घाड स्थित
हिमचुली सहकारी संस्थामा फिल्ड सहायकका रूपमा कार्यरत रहेका छन्। मृतकका दुई छोरा र दुई छोरी समेत रहेका छन्।

घटना भएपछि स्थानीयवासी घटनास्थलमा पुगेका थिए। ग्रामीण क्षेत्रमा दैनिक जीविकोपार्जनका लागि वनमा घाँस काट्न जाने क्रममा यस्ता दुर्घटना दोहोरिने गरेको भन्दै स्थानीयले सुरक्षित विकल्प र सचेतनाको आवश्यकता सँगै स्थानीय सरकरले वन क्षेत्र सम्म पुग्नकाे लागि बाटाे निमार्ण नगरेकाेले एस्ता दुर्घटना हुने गरेकाे बताएका छन ।

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार