सबिना कु शाही
सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी )का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सि पार्टीको कर्णाली प्रदेश कमिटीको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शुक्रबार सुर्खेत आइपुग्नु भएकाे छ ।
महासचिव विप्लव सुर्खेत स्थित पार्टी कार्यालयमा पुग्दा त्यहाँको माहोल निकै उल्लासमय बनेको थियो।
उहाँलाई स्वागत गर्न पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला इन्चार्ज, जनवर्गीय संगठन र पार्टी कार्यक्रताहरुकाे बाक्लाे बाक्लो उपस्थिति रहेको थियो।
कार्यलयमा उपस्थित उत्साहित भएका नेता तथा कार्यकर्ताहरूले विप्लवलाई खादा, माला र विशेष गरी गुलाफका फूलहरू प्रदान गर्दै न्यानो र भव्य स्वागत गरेका थिए।
महासचिव विप्लवको यो आगमनले कर्णाली प्रदेशका पार्टी पंक्तिमा नयाँ जोस र उत्साह थपिएको सुर्खेत जिल्ला सचिव जित सिले बताउनु बताएकाे थियाे।
प्राप्त जानकारीका अनुसार, विप्लव सुर्खेतमा आयोजना हुने पार्टीको प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा सहभागी हुनुकाे साथै, एक दिने प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यतालिका रहेको केन्द्रीय सदस्य कर्णाली र्प्रदेश कार्यालय सचिव तथा कालिकाेट जिल्ला ईन्चार्ज विवेक सिले जानकारि दिनु भएकाे छ ।
उक्त बैठक तथा प्रशिक्षणमा विप्लवले देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा कार्यकर्ताहरूलाई दिशा–निर्देश गर्ने याेजना रहेकाे छ।
स्वागत कार्यक्रमा बाेल्दै महासचिवले देशकाे राजनीति र बर्तमान अवस्थकाे बारेमा जानकारि गराउदै आगामि फागुनमा हुने निर्वाचनमा पार्टी नेता कार्यकर्ताहरुलाई कर्णालीमा पार्टी संगठनलाई थप चलायमान हुन सम्पुर्ण नेता थता कार्यकर्ताहरुमा आग्रह समेत गर्नु भएकाे थियाे ।
विप्लव केही दिन कर्णाली प्रदेशमै रहने र विभिन्न राजनीतिक भेटघाट तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यालय स्राेतले जनाएकाे छ ।












प्रतिक्रिया दिनुहोस्