२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

सुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन, युवा संघको कार्यक्रम प्रभावित



वीरेन्द्रनगर, सुर्खेत।

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध सुर्खेतको वीरेन्द्रनगरमा एक समूहले प्रदर्शन गरेको छ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको ‘जागरण अभियान’ मा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका बस्नेतविरुद्ध युवाहरूको एक समूहले चर्को नाराबाजीसहित प्रदर्शन गरेको हो।
बिहान करिब ९ बजेतिर नेता बस्नेत वीरेन्द्रनगर विमानस्थल पुग्नेबित्तिकै नाराबाजी सुरु भएको थियो। प्रदर्शनकारीहरूले नेता बस्नेतविरुद्ध नारा लगाएका थिए।
एमालेको राष्ट्रिय युवा संघले जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नेता बस्नेतसहित पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे र वकिल बमलगायतका नेताहरू सुर्खेत पुगेका छन्।
प्रदर्शनका कारण कार्यक्रमस्थलतर्फ जाँदै गरेका नेता बस्नेतको उपस्थिति र युवा संघको कार्यक्रममा केही समय अवरोध पुगेको बताइएको छ। प्रदर्शनकारी युवा समूह र उनीहरूको मागबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार