अशाेक शाही
काठमाडौं:
देशमा लामो समयदेखि जारी राजनीतिक अस्थिरता र नीतिगत ढिलासुस्तीका कारणले गाउँहरू रित्तिने क्रम तीव्र बनेको छ।
राजनीतिक नेतृत्वले देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्दा, लाखौंको संख्यामा युवाहरू आफ्नो घर-परिवार र जन्मभूमि छाडेर विदेशी भूमिमा पसिना बगाउन बाध्य भएका छन्।
राजनीतिक दलहरूबीचको सत्ता संघर्ष र बारम्बारको सरकार परिवर्तनले देशको आर्थिक विकास र पूर्वाधार निर्माणका योजनाहरू सधैं ओझेलमा परेकाे र राजनीतिकै कारणले नेपालमा रोजगारी सिर्जना हुन सकेन,” एक विश्लेषक भन्छन्, “जबसम्म देशमा स्थिर सरकार र स्पष्ट आर्थिक नीति हुँदैन, तबसम्म स्वदेशी लगानी र औद्योगिकीकरण सम्भव नरहेकाे बताउ छन ।”
यही बेरोजगारीको समस्याबाट मुक्ति पाउन र आफ्नो परिवारको जीविकोपार्जन गर्न, दैनिक हजारौं युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुक (कतार, साउदी अरब, यूएई) लगायत मलेसिया, दक्षिण कोरिया र अन्य देशहरूमा रोजगारीका युवाहरु बाहिरिएका छन्।
यसको प्रत्यक्ष र डरलाग्दो असर नेपालका ग्रामीण भेगमा देखिएको छ। कुनै समय युवाहरूको चहलपहल र हँसिलो देखिने गाउँहरू अहिले सुनसान बन्दै गएका छन्।
गाउँघरका अधिकांश घरहरूमा ताल्चा झुन्डिएका छन् वा केवल वृद्धवृद्धा र साना बालबालिकाहरू मात्र भेटिने गर्छन । काम गर्ने सक्रिय जनशक्ति विदेशिएपछि गाउँको उत्पादन र आर्थिक गतिविधि ठप्प भएको छ।
“गाउँमा अहिले कोही बिरामी पर्दा अस्पताल लैजाने वा कुनै अप्ठ्यारो पर्दा सहयोग गर्ने मानिससमेत भेटिन छाडेका छन ।
युवाहरु विदेश पलाएन हुदा खेतबारीहरू बाँझो पल्टिएका छन्, चाडपर्वहरूमा पनि पहिलेको जस्तो रौनक देखिन छाडेकाे छ ।
यो अवस्थाले देशको सामाजिक संरचनामा गम्भीर असन्तुलन सिर्जना मात्र गर्दैन भविष्यमा यसले ठूलो जनसांख्यिक संकट समेत निम्त्याउने खतरा बढेको देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्