अशाेक शाही
कालिकोट:
कालिकोट: कालिकोटको रास्कोट नगरपालिका-९, चुर्त्रिकोटमा सोमबार बिहान २५ वर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन ।
मृतकको पहिचान भोजराज न्यौपाने (२५ वर्ष) को रूपमा भएको छ। उनी रास्कोट नगरपालिका-९ का नन्दलाल न्यौपानेका छोरा हुन्। मृतकका भतिजा तोयानाथ न्यौपानेका अनुसार, भोजराज घरनजिकै बयालडाडा स्थित ग्रामीण सडक छेउमा मृत फेला परेका हुन्।
मृतकको पहिचान भोजराज न्यौपाने (२५ वर्ष) को रूपमा भएको छ। उनी रास्कोट नगरपालिका-९ का नन्दलाल न्यौपानेका छोरा हुन्। मृतकका भतिजा तोयानाथ न्यौपानेका अनुसार, भोजराज घरनजिकै बयालडाडा स्थित ग्रामीण सडक छेउमा मृत फेला परेका हुन ।
प्राप्त जानकारीअनुसार, मृतक भोजराज आइतबार दिनभर गाउँका पसलहरूमा देखिएका थिए। साँझ करिब ८ बजेतिर उनी आफन्त गोकर्ण न्यौपानेको घरमा मकै खाएर आफ्नो घरतर्फ जान्छु भनेर निस्केका थिए।
पसलहरूमा देखिएका भोजराज साँझ गोकर्ण न्यौपानेको घरमा बसेर मकै खाएपछि घर जानु पर्नेमा एकान्त ठाउँमा कसरी पुगे, त्यो अनुसन्धान गरिनु पर्ने आफन्तको माग गरेका छन ।
बिहान उनी घरभन्दा करिब ३० मिटर नजिकै सडकमा मृत भेटिएपछि परिवारजनले घटना रहस्यमय भन्दै शंका व्यक्त गरेका छन्। भोजराज न्यौपाने अघिल्लो वर्ष मात्रै वैदेशिक रोजगारबाट फर्किएका थिए।
घटनाको खबर पाएपछि फुकोट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। अहिले शवलाई पोष्टमार्टमका लागि रास्कोटस्थित प्रादेशिक रणनैतिक अस्पताल, गौतु लैजाने तयारी भइरहेको मृतकका भतिजाले जानकारी दिएका छन ।
आफन्तहरूको मागअनुसार, घटनाको वास्तविकता पत्ता लगाउन सडक छेउमा एकान्तमा कसरी पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको देखिन्छ। ग्रामीण क्षेत्रमा अनियन्त्रित मदिराको बेचबिखन र सेवनले प्रायः यस्ता घटना निम्त्याउने गरेको टिप्पणी पनि गरिएको र पाेस्टमार्टम रिपोर्ट पछि मात्रै घटनाकाे वास्तविकता थाहा हुन सक्ने प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्