सविना शाही
शुक्रबार, कार्तिक १४, २०८२
सुर्खेत
। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा एक अमानवीय घटना भएको छ। आफ्नै छोराको कुटपिटबाट आमाको दुःखद निधन भएको हो।
कार्तिक १४ गते, शुक्रबार बिहान करिब ७ बजेको समयमा स्थानीय कबिराम बस्नेत (उमेर ३०-३५ वर्ष) ले आफ्नी करिब ५० वर्षकी आमा धनिकला बस्नेत लाई घरमै सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा गम्भीर प्रहार गरेका थिए।
फरुवाको प्रहारबाट गम्भीर घाइते भएकी धनिकला बस्नेतलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पुर्याइएको थियो। तर, अस्पताल पुगेको केही समयमै, बिहान करिब ८:१५ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
घटनापश्चात् फरार रहेका छोरा कबिराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले सोही छिन्चु बजार क्षेत्रबाट तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
अहिले अभियुक्तलाई प्रहरी नियन्त्रणमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्