२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ



दैलेख

२०८२ साउन २५

अशाेक शाही

दैलेखको चामुण्डा नगरपालिका-८ मा १२ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छन्।

 

तीजको कार्यक्रम हेर्न गएकी ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही वडाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्।

प्रहरीका अनुसार साउन २२ गते राति बालिका आफ्ना साथीहरूसँग तीजको नाच हेर्न गएकी थिइन्। त्यस क्रममा युवाहरूले उनीहरूलाई दुर्व्यवहार गर्ने प्रयास गरेपछि अरू साथीहरू भागे पनि ती बालिका भाग्न सकिनन्।

युवाहरूले उनको खुट्टामा ढुंगाले हानेर घाइते बनाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारपछि बेहोस् भएकी बालिकालाई उनीहरूले सोही अवस्थामा छाडेर भागेका थिए।
पीडित बालिकाको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको प्रहरीले जनाएको छ। हाल उनको दैलेख अस्पतालमा उपचार भइरहेको छ।
परिवारले उजुरी दिएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार