२०८३ असार २० , शनिबार
ताजा अपडेट:

२४ लाख नगत र दुई किलो सुनसहित चिनियाँ प्रेमि जोडी पक्राउ



२०८२ साउन ६ गते
काठमाडौं
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा रहेको एक होटलबाट दुई किलोग्राम सुनसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चीनको सियाचिनका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ रहेका छन्। प्रहरीका अनुसार उनीहरू प्रेमी-प्रेमिका हुन् र ज्याठामा बस्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाको आधारमा ज्याठाको एक होटलमा छापा मारेको थियो। छापा मार्ने क्रममा प्रहरीले उनीहरूको कोठाबाट सुन र नगद २४ लाख रुपैयाँ बरामद गरेको छ।

प्रहरीले उनीहरूले कसरी सुन नेपाल भित्र्याए भन्ने विषयमा अनुसन्धान गरिरहेको छ, तर यस बिषयमा मुख खोल्न मानेका छैनन्।

मंगलबार बिहान बरामद गरिएको सुन परीक्षण गर्दा शुद्ध रहेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ पुरुष डेढ महिनाअघि काठमाडौं आएका थिए भने उनकी प्रेमिका केही दिनअघि मात्रै आइपुगेकी थिइन्।

प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार