पोखरा, साउन ५ गते २०८२
पोखरामा कोरोना भाइरसको सङ्क्रमणबाट ७४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ।
चरक अस्पतालमा उपचाररत ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या पनि रहेको अस्पताल प्रशासनले जनाएको छ।
निर्देशनालयका निर्देशक खीमबहादुर खड्काका अनुसार ती महिला आठ दिनअघि कोरोना सङ्क्रमित भएकी थिइन् र हिजो उनको मृत्यु भएको हो। गण्डकी प्रदेशमा हाल कोरोना सङ्क्रमणको दर बढ्दो छ।
हालसम्म प्रदेशभर ८ जना कोरोना सङ्क्रमित उपचाररत छन्, जसमध्ये कास्कीमा ५, बागलुङमा २ र स्याङ्जामा १ जना रहेका छन्। अस्पताल प्रशासनले अन्य बिरामीमा पनि कोरोना सङ्क्रमण देखिएको तर मृत्युको कारण अन्य पनि हुन सक्ने बताएको छ।
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्