अशाेक
असार १५ गते
आज साँझदेखि १६ गते बिहानसम्म कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ।
यो अवधिमा देशका अन्य भूभागमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको विपद जाेखिम न्युनीकरण व्यावस्थापन प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले जारी गरेको सूचनाका अनुसार, अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानको खतरा बढेको बताएको छ। विशेष गरी कर्णाली प्रदेशका यी तीन जिल्लाका नदी किनार र तल्लो भेगमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
वर्षाबाट बच्न अपनाउनुपर्ने सावधानीहरू:
नदी किनार र पहिरोको जोखिम भएकाे ठाउँबाट टाढा रहनुहोस् यदि तपाईं नदी किनार वा पहिरोको सम्भावना भएको क्षेत्रमा बस्नुहुन्छ भने, सुरक्षित स्थानमा जानुहोस्।
आफ्नो घर वरपरको नाला र पानीको निकास खुला राख्नुहोस्: पानी जम्न नदिनका लागि नाला र निकासहरू सफा राख्नुहोस्।
विद्युतका पोल र तारबाट टाढा रहनुहोस्
वर्षाको समयमा विद्युत चुहावटको खतरा हुन सक्छ।
सञ्चार माध्यमबाट मौसमको जानकारी लिइरहनुहोस् आधिकारिक समाचार र मौसम पूर्वानुमानलाई नियमित रूपमा हेर्नुहोस्।
आवश्यक सामग्री तयार राख्नुहोस् खाद्यान्न, पानी, प्राथमिक उपचारका सामग्री र महत्वपूर्ण कागजातहरू सुरक्षित स्थानमा राख्नुहोस्।
स्थानीय प्रशासन र सुरक्षा निकायको सम्पर्कमा रहनुहोस् कुनै पनि आपतकालीन अवस्थामा सहयोगको लागि उनीहरूसँग सम्पर्क गर्नुहोस्।
प्राकृतिक विपत्तिबाट जोगिन सबै नागरिकले सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ।










प्रतिक्रिया दिनुहोस्