२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

मुगुमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, छ गम्भीर घाइते



मुगुमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, छ गम्भीर घाइते

सविना शाही

मुगु, असार ९ गते ।

मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखु गाउँस्थित नाउली खोला मोडमा गए राति करिब ११ बजे ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। माझचौरबाट जिउकातर्फ जाँदै गरेको ट्याक्टर (नम्बर नखुलेको) सडकबाट करिब २०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी खत्याड गाउँपालिका–४ निवासी देउडा खेलाडी शारदा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूमा जिउका निवासी धनराज रोकाया, जौकला रोकाया, सरु रोकाया, चालक दानबहादुर बुडथापा, हिगोटि निवासी जस बाहादुर सार्की र पैखु निवासी अमना थापा रहेका छन्।

दुर्घटनामा सामान्य घाइते भएका अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको बताइएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, खत्याड गाउँपालिका–४ का स्थानीयले दुर्घटनामा परी ज्यान गुमाएकी शारदा थापाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार