२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

जेनजी आन्दोलनमा घुसपैठ: संसद भवन तोडफोडमा भारतीयको संलग्नता ४० जना माथि अनुसन्धान



 

अशाेक शाही

काठमाडौं।
युवा समूह (जेन जी) ले सुरु गरेको आन्दोलनमा भएको हिंसा र तोडफोडमा भारतीय नागरिकको संलग्नता रहेको पाइएको छ।
यस सम्बन्धमा नेपाली सेनाले ६० जना भारतीय लुटेरालाई पक्राउ गरेको छ।
भदौ २४ गते बानेश्वरस्थित संसद भवन र भाटभटेनी सुपरमार्केटका विभिन्न भवनमा भएको तोडफोड तथा लुटपाटमा उनीहरू संलग्न रहेको खुलेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि आन्दोलन झन् अराजक बनेको थियो। स्थिति नियन्त्रणबाहिर गएपछि सरकारले कर्फ्यू आदेश जारी गरी शान्ति सुरक्षा कायम गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो।

सुरुमा सेनाले नेता तथा मन्त्रीहरूको सुरक्षामा ध्यान केन्द्रित गरेको थियो। तत्कालीन प्रधानमन्त्री ओलीसहित सबैको सुरक्षा सुनिश्चित गरेपछि सेनाले सडकमा भइरहेको अराजकता नियन्त्रण गर्न कदम चाल्यो। सोही क्रममा ती भारतीयहरू पक्राउ परेका थिए।

भदौ २४ गते पक्राउ परेका उनीहरूलाई सैनिक ब्यारेकमा राखिएको थियो। भोलिपल्टै अर्थात् भदौ २५ गते सेनाले उनीहरूलाई अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका भारतीयमाथि छानबिन भइरहेको छ। सुरक्षा संवेदनशीलताका कारण उनीहरूलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन।

यो घटनाले आन्दोलनमा विदेशी घुसपैठ भएको भन्ने चर्चालाई पुष्टि गरेको छ। यसले राजनीतिक दल र सरोकारवालाहरूलाई गम्भीर बनाएको छ। आन्दोलनलाई शान्तिपूर्ण बनाउन र यसमा बाह्य तत्वहरूको घुसपैठ रोक्न थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार