२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

बैतडीमा जीप दुर्घटना, चालकसहित ८जना घाइते तीन जनाकाे अवस्था गम्भीर



 

देपेन्द्र बहादुर शाही

बैतडी,
२०८२ असार २८ गते ।

बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा आज बिहान साढे पाँच बजेतिर भएको जीप दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप प्र ०१–००१ ज १३७२ नम्बरको जीप सडकबाट झण्डै सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, ५१ वर्षीया कलमा धामी, ३२ वर्षीय किरण बोहरा, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री र उनकी २ वर्षीया छोरी एलिसा घाइते भएका छन्। साथै, सोही ठाउँका २१ वर्षीय हेमन्त प्रसाद भट्ट र जीप चालक २४ वर्षीय सन्तोष बहादुर राना पनि घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेमध्ये चालक सन्तोष राना, कलमा धामी र किरण बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय पाटन र स्थानीय बासिन्दाले घाइतेहरूको उद्धार गरेका थिए।

सबै घाइतेलाई पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जीप सडकबाट तल खसेर भिरमा अड्किएको थियो। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार