सुर्खेत
भेरी नदिमा दुईजना मजदुर बेपत्ता भएका छन ।
बराहताल गाउँपालिका -४ कुटा स्थित भेरि नदीमा झुलुङ्गे पुल निमार्णकाे कार्य गर्दै आएका दुई जना मजदुर नदीमा हराएकाे जिल्ला प्रहरी कार्याल सुर्खेतले जानकारी दिएकाे छ ।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र वर्ष १८ का अर्जुन झाँक्री मगर रहेका छन् ।
पञ्चपुरि नगरपालिका र चाम्रीलाई जाेड्नकाे निम्ति निमार्ण कार्य भै रहेकाे पुलकाे लडा बाँध्ने क्रममा अच्चानक उनिहरु नदिमा खसेका थिय।
बेपत्ता भएका दुबैजनाकाे सशस्त्र प्रहरी बलको गोताखोर र स्थानीयको सहयोगमा उनीहरुको खोजि कार्य भइरहेको छ ।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्