२०८३ वैशाख २४ , बिहीबार
ताजा अपडेट:

गोरु जस्तो जोतिएर देशको सेवा गर्ने चाहना विप्लव सी



 

काठमाडौं।

नेकपाका महासचिव प्रमुख अतिथि विप्लव सीले एकपटक देहको कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतिएर देशको सेवा गर्ने चाहना व्यक्त गर्नु भएको छ ।

काठमाडौं बानेश्वर स्थित काठमाडौं बैंक्विटमा अखिल समाजवादीले आयोजना गरेको जेन जी संग विप्लव अन्तर संवाद कार्यक्रममा गोरु जस्तो जोतिएर देशको सेवा गर्ने चाहना व्यक्त गर्नु भएको हो ।

उहाँले भयो “अहिले नयाँ उद्योगधन्दा पनि हामी चलाउछौँ, काम गर्छौं र यदि नेपालका किसान, मजदुर, बुद्धिजीवी, व्यापारी साथीहरुले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने – ल तिमीहरुले एकचोटि गरेर देखाउ न भनेर तपाईंहरुले जिम्मा दिनुहुन्छ भने एकचोटि यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीसँग छ ।”

उहाँले भन्नु भयो ” नकपाले विगत १२ वर्ष देखि भ्रष्टाचारको बिरुद्दमा लड्दै आएको छ, यदि जनता संग भोट माग्ने कसै संग नैतिक र राजनीतिक हक छ भने त्यो नेकपा मात्र रहेको छ ” बाँकी संसदवादी दलहरुले विगत देखि आज सम्म जनतालाई ठग्ने र भ्रष्टाचार मात्र गरेको समेत बताउनु भएको छ ।
कार्यक्रमको अध्यक्षता अखिल समाजवादी का अध्यक्ष नरेन्द्र सीले गर्नु भएको थियो कार्यक्रमको सञ्चालन प्रकाश सीले गर्नु भएको थियो।

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार