२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

वैकल्पिक मार्ग बाट लामिछाने सिधै नख्खु कारागारमा, समर्थकले देख्न पाएनन्



काठमाडौं-
२०८२ साउन ३१
अशाेक

रुपन्देही कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी ललितपुरको नख्खु कारागार पुर्‍याएको छ।

उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटमा जम्मा भएका सयौँ कार्यकर्ता र समर्थकहरूले उनलाई देख्न समेत पाएनन्।
शनिबार साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ओर्लिएका लामिछानेलाई प्रहरीले भीडबाट जोगाउँदै विमानस्थलको पूर्वी क्षेत्रमा रहेको नेपाल आयल निगमको बाटोबाट बाहिर निकालेको थियो। समर्थकहरू मुख्य गेटमा उनको प्रतीक्षा गरिरहँदा उनलाई सिधै नख्खु कारागारतर्फ लगिएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले यसअघि भैरहवाको जेलमा आफ्नो ज्यान असुरक्षित रहेको बताएका थिए।

करिब ४० दिनअघि नै कारागार स्थानान्तरणको अनुमति पाए पनि रोकिएको यो प्रक्रिया हालै मानव अधिकार आयोगसँगको भेटपछि अगाडि बढेको हो।
अब रवि लामिछानेले आफ्नो बाँकी पुर्पक्षको अवधि नख्खु कारागारमै बिताउनेछन्।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार