२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

बाजुरामा क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना, दुईको मृत्यु, २४ घाइते



बाजुरा,

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–स्थित क्युडीमा आज भएको जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

गाउँपालिकाको क्युडीबाट छुटेको जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । पाँच जना सिट क्षमता भएको जिपमा चालकसहित २६ जना यात्रु सवार थिए । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउने दुई जनाको सनाखत हुन बाँकी छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि अन्यत्र लैजाने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार