काठमाडौं
२०८२ असार २७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गुरुयोजना नै नबनाई मिलेमतोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि महँगो कम्प्युटिङ पूर्वाधार खरिद गरेको आरोप लगाएको छ। अख्तियारले शुक्रबार विशेष अदालतमा यो मुद्दा दर्ता गरेको हो।
आयोगका अनुसार, स्पेसिफिकेसन बनाउँदा मिलेमतो भएको र सम्झौतामा उल्लेख भएभन्दा कम गुणस्तरको सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ।
अख्तियारको अभियोगपत्रमा अस्वाभाविक रूपमा बढी मूल्य कायम गरेर वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिलाई ३० करोड ६५ लाख ५५ हजार रुपैयाँमा ठेक्का दिँदा १५ करोडभन्दा बढी भ्रष्टाचार भएको उल्लेख छ।
आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ र स्वयं वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिलाई प्रतिवादी बनाएको छ।










प्रतिक्रिया दिनुहोस्