समाचार सारांश
- मनको खातामा पीडा
- लेख्ने ठाउँ कहाँ छ र अब
- गुनासाे छ त केबल मृत्यु सँगमात्रै छ ।
अशाेक
कालिकोट
रंगिता शाहीका आँखाले संसार नदेखेको धेरै भइसक्यो। सानै उमेरदेखिको दृष्टिविहीनताले उनको जीवनमा अँध्यारो मात्रै थपेको थियो।
उनले कहिल्यै हार मानेकी थिइनन । जबसम्म उनका जीवनसाथी सर्पजित जीवित थिए।
तेती बेला छिमेकीहरूले पनि सक्दो सहयोग गर्थे, दुःखसुखमा साथ दिन्थे समयको चक्र यसरि घुम्यो,कि जसले मान्छेकाे मा मानसिकतालाई पनि घुमाईदियाे । सबै आफ्नै स्वार्थमा लिप्त भए समयकाे चक्र सँगसँगै रंगिता र सर्पजितलाई हेर्ने , सहयोग गर्नेहरु पनि फेरिए सर्पजित पनि शारीरिक रूपमा अपांग थिय।
तैपनि दुवै मिलेर सानो झुपडीमा जीवन जसाे तसाे संघर्ष पूर्ण जिन्दगी धानिरहेका थिए। भाग्यले उनीहरूलाई कति परिक्षा लिन सकेकाे हाे खै कुन्नि ।
२०७७ सालमा तुसार खाेलामा आएको विनाशकारी बाढीले उनीहरूको भएको सानो खेतबारी पनि बगायो। बाढीले घर मात्रै बगाएन तेसकाे केही बर्ष पछि सर्पजितलाई पनि रंगिताबाट सधैंका लागि टाढा बनायाे ।
आज रंगिता ७० वर्षकी भइन्। न उनका छोरा छन् न त खेतबारी गरेर खाने खेतियाेग्य जग्गा जमिन एक मात्र सहारा उनकी १५ वर्षीया छोरी छिन ।
उनी रास्काेट नगरपालिका वडा नम्बर २ महेकाे माेतिराम माविमा विद्यालयमा कक्षा ८ मा पढ्छिन् स्कुल सामुदायिक भएर स्कुल फि भने लाग्दैन तर पठनपाठनकाे निम्ति केही खर्च भने लागिहाल्छ ।
घर भत्तकिय पछि खडकाे छान हाले बसे निकै दुख पाएकाे कुरा सुनाउनु भयाे अहिले भतिजका छाेराले दया गरेर सानाे घर बनाईदिए अहिले तेसै घरमा दसई आमा छाेरि बस्दै आएकाे बताउनु भयाे ।
घर बनाईदिने छाेराले आफुले सक्दाे सहयोग गर्थ्याे अहिले उसले पनि हामी सबैलाई छाडेर याे संसार बाटै हराई सक्याे छत केबल उसकाे सम्झना माझ छ । अब सहयोग गर्ने दुख पीडा पर्दा हेर्ने काेहि छैन ।
खुल्ला संसार देख्न नसक्ने रंगिता दिनभरि घरभित्रै टोलाएर बस्छिन्। छरछिमेकीहरूले हेप्छन्, ‘भत्ताकै भरमा बाँचेकी बुढी’ भन्दै कुरा काट्छन्।
रंगिताको मनभित्रको घाउ झनै चहर्याउँछ, जब उनकी सानी छोरी निराश भएर सोध्छिन्, ‘आमा, हामी गरिब छौँ, खान लाउन पुग्दैन, कसरी बाँच्ने होला?’ कहिलेकाहीँ त छोरीले रुँदै भनेकी हुन्छे, ‘आमा, औषधि खाएर सबै मर्छन् रे, हामी पनि मर्छौँ कि? म पसलबाट औषधि ल्याएर आऊँ?’
यी नाबालक ओठबाट निस्केका यी शब्दहरूले रंगिताको मुटु छियाछिया बनाउँछन्। उनी असहाय भएर छोरीलाई अँगालो हाल्छिन्। उनलाई थाहा छैन भोलि के हुन्छ। सरकारले वर्षभरिमा दिने १२ हजार भत्ता मध्य ६ हजार छोरीको पठनपाठनमै ठिक्क हुन्छ। ६ हजार रुपैयाँले वर्षभरि दुई जनाको पेट कसरी भरिएला?
स्थानीय सरकारले दिने भत्ता पनि समयमा पाइँदैन। कैयौँ दिन त आमाछोरी भोकै बस्नुपर्ने अवस्था पनि आउँछ।
‘दुःख छ, खेतबारी छैन। सरकारले दिएको खाए बाँच्ने हो, नदिए मर्ने हो,’ रंगिता भक्कानिएर भन्छन ।
‘छरछिमेकीले भत्ता काटिदिन्छन्, अब कसरी के खालीस तिमी, अब कसरी बाँच्छै भन्दै कुरा काट्छन्।’ उनको स्वरमा निराशा र पीडा स्पष्ट झल्किन्छ। वर्षभरिमा स्थानीय सरकारले दिने बाह्र हजार पनि छोरीको पढाइमै सकिन्छ। ६ हजारले वर्षभरि साँझबिहानको छाक टार्न मुस्किल हुन्छ। स्थानीय सरकारको भत्ता पनि समयमा नआउँदा धेरै दिन आमाछोरी भोकै बस्नुपरेको बिलैना गर्छिन ।
अन्धकारले भरिएको रंगिताको जीवनमा उनकी छोरी एउटा मधुरो प्रकाशको झिल्को बनी रहेकि छन । तर गरिबीको यो कहालीलाग्दो अवस्थाले त्यो झिल्को पनिकहिले निब्ने हाे काेहि निभाइदिने हो कि भन्ने डरले रंगितालाई सताइरहन्छ।
छाेरिकाे उमेर बढ्दै गैरहेकाे छ एक न एक दिन छाेरिले विबाह गर्नेै पर्छ छाेरि विहे गरेर गैसके पछि मेराे झिल्काे पनि सँधैका लागि बन्द हुने हाेकि भन्ने मनमा विभिन्न प्रश्नहरु खेलि रहेका छन ।
उनी कसरी आफ्नी छोरीको भविष्य सुरक्षित गर्लिन्? कसरी यी निर्दयी मान्छेहरूका कुरालाई बेवास्ता गर्दै आफ्नो जीवनलाई अगाडि बढाउलिन्?
यो प्रश्न उनको मनमा बारम्बार उठिरहन्छ, तर उनीसँग कुनै जवाफ हुँदैन। केवल आँखाभरि आँसु र एक गहिरो पीडाको भारी मात्र हुन्छ।
मनको खातामा पीडा
लेख्ने ठाउँ कहाँ छ र अब?
सङ्घर्षका पानाहरू यति धेरै भरिए,
थप एक थोपा आँसु पनि अटाउन गाह्रो छ।
हरेक धड्कन एक कथा,
हरेक सास एक व्याथा।
कसलाई सुनाऊँ यो भारी मनको बोझ,
जहाँ केवल दुख्छ, अथाह दुख्छ।
शब्दहरू पनि थाकिसके,
अर्थहरू पनि हराइसके।
अब त केवल मौनता छ,
र यो मौनताभित्र गुम्सिएको अनन्त पीडा छ ।
गुनासाे छ त केबल मृत्यु सँगमात्रै छ ।
रंगिता शाहीकाे पीडा दायिक संघर्ष












प्रतिक्रिया दिनुहोस्