देपेन्द्र ब शाही
१७ फागुन, जनकपुर ।
एक साता देखि हराएकि २० बर्षिय अञ्जली यादवकाे शव घरभित्रै पूजाकाेठामा गाडेकाे अवस्थामा भेटिएकाे छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका – बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घर भित्रै सडेगलेको अवस्थामा प्रहरीले फेला परेको हो ।
एकाएक अञ्जली हराएकाे खबर प्रहरीले पाए पछि अनुसन्धान अगाडि बडाउदै जादा घरकाे पूजा काेठा भित्र गाडिएकाे अवस्थामा अञ्जली यादवकाे भेटिएकाे
धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताएका छन ।
प्रहरिका अनुसार उनका श्रीमा हरिराम यादव फरार रहेका र यादवकी १० महिनाकि छाेरिकाे पनि कुनै अत्तोपत्तो नलागेकाे स्थानियले बताएका छन ।
अञ्जली यादव हराएकाे भाेलिपल्ट बाटै उनका श्रीमान रामहरि यादव पनि बेपत्ता रहेकाले उनकाे हत्या गरि फरार भएकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।
अञ्जलीका श्रीमान बेपत्ता भए सँगै घरका सबै परिवार एक एक गरि हराए पछि घटना शंकास्पद लागेर प्रहरीलाई खबर गरेकाे स्थानीयहरुले बताएका थिय ।
अञ्जलीकाे शव उत्खनन् गरि प्रदेश अस्पतालमा पाेस्टमार्टमकाे लागि पठाएकाे प्रहरी प्रवक्ता सिंहले दर्शन नेपाललाई बताएका छन ।










प्रतिक्रिया दिनुहोस्