२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

मध्यरातमा एक युवालाई प्रहरीले मरणासन्न हुने गरि बुट बजारे



प्रतिमा शाही

काठमाडौं
सामाजिक सञ्जालमा एतिखेर प्रहरीले एक युवकलाई मरणासन्न हुने गरि बुटले कुटेकाे भिडियो भाइरल भैरहेकाे छ ।
माेटर साइकल राेकेर कृहि युवाहरुलाइ साेधपुछ गरेकाे जस्तै देखिन्छ ।
अल्ली पर सडक पेटिमा उभिएका युवकलाई एक जना प्रहरीले लखेटेर पछाडि बाट लात्तीले हिर्काउदा उनी ढल्छन फेरि ढलिरहेका युवामाथि गाली गलाैच गर्दै बेसरी युवाकाे गाेप्य अंग लगाएत शरिका विभिन्न भागमा भएभरकाे पावर लगाएरै बुटले कुट्न थाल्छन ।
पावर देखाउने कसलाई फाेन गरेकाे ल फाेन गर , भन्दै बुटै बुटले कुटिरहेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
उक्त भिडियो कताकाे हाे स्पस्ट भएकाे छैन तर भरतपुर चितवनकाे भएकाे दाबी गरिएकाे छ ।

प्रहरीकाे पाेसाकमा देखिएका व्याक्तिले कानुनकाे उलंघन गर्दै युवामाथि निर्घात कुटपिट गरेकाे देखिन्छ । यस घटनाकाे बारेमा नेपाल प्रहरीले कुनै आधिकारिक जानकारी सार्वजनिक भने गरेकाे छैन ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार