काठमाडौं —
आज बिहानदेखि देशभर प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत देशभरि मतदान सुरु भएको छ।
निर्धारित समयअनुसार बिहान ७ बजेदेखि मतदान केन्द्रहरूमा मतदाताको उपस्थितिसँगै मतदान कार्य अघि बढाइएको हो।
का अनुसार देशका सबै जिल्लामा रहेका मतदान केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। मतदातालाई सहज र सुरक्षित वातावरणमा मतदान गर्न सकिने गरी कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसपटकको प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरणसँग जोडेर हेरिएको छ। ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म मतदातामा उत्साह देखिएको छ भने कतिपय स्थानमा बिहानैदेखि मतदाताको लामो लाइन लागेको दृश्य देखिएको छ।
निर्वाचन आयोगले मतदातालाई आफ्नो नागरिकता वा मतदाता परिचयपत्र साथमा ल्याई निर्धक्क रूपमा मतदान गर्न अनुरोध गरेको छ। मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी बनाउन सरकार तथा सम्बन्धित निकायहरू पनि प्रतिबद्ध भएकाे देख्न सकिन्छ ।
देशभर सुरु भएको यस मतदान प्रक्रियाले आगामी पाँच वर्षका लागि प्रतिनिधि सभा सदस्य चयन गर्नेछ।










प्रतिक्रिया दिनुहोस्