विश्वले देखेको अमेरिका , अमेरिकी मिडियाले नदेखेको अमेरिका वास्तविकता भ्रमबारे – दिल निशानी मगर

काठमाडौं ।
अमेरिकामा प्रत्येक दिन एक आपसमा गोली हानेर १३० जना भन्दा धेरै मान्छे मर्छन्। यसबारे यिनीहरू भिडीयो बनाउदैनन्। यतिबेला ईलोन मस्कको कम्पनीले बनाएको साइबर ट्रक र टेस्ला गाडीहरूमा सार्वजनिक तोडफोड भईरहेका छन्, स्वरूम र पार्किङमा राखिएका गाडीहरू माथि vandalism भईराखेको छ। यसबारे पनि यिनीहरू लेख्दैनन्। पछिल्लो ९५ दिनमा लगभग ६६ पटक mass shooting भएको छ। त्यो भनेको बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका छन्। अनि अमेरिकामा यो Gun Violence यति खतरनाक छ कि एक्लै दुकानमा बसेर काम गर्न डर मर्दो छ। त्यो बारेमा पनि कोही चुईक्क बोल्दैनन्। लागुऔषध दुर्व्यसनको कारण अमेरिकामा एक दिनमा औसत २२० जनाको मृत्यू हुन्छ। दुखाई कम गर्ने औषधी खाएर वर्षमा ८१,००० जना मान्छेहरुको मृत्यु हुन्छ, जसलाई Opioid Crisis को रूपमा व्याख्या गरिएको छ। अमेरिकामा बस्छन्, तर यो सत्यता कोही उजागर गर्न चाहन्नन्। तिनीहरुले न्यूयोर्क तिर फोटो खिचेको देखाउछन् तर large homeless population भएको स्थान Skid Row शहरको बारेमा बेखबर जस्तै बन्छन्। अनि यो USAID को जुन विवाद छ, यो फण्डामा पनि तिनीहरुले नेपालमा बस्नेहरु लाई manipulation गरेका छन्। वास्तबमा त्यो त अमेरिका भित्रकै प्रशासकीय भ्रष्टाचारको नालीबेली पो हो। गरिब देशलाई पैसा छुट्टाएको तर नदिएर आफैं खाएको कथा हो, तर यो बारेमा पनि कुरा घुमाएर, चपाएर बोल्छन्। जनाताको कर उठाएर नेपाल भन्दा अमेरिकामा धेरै भ्रष्टचार गर्दा रहेछन् भन्नु पर्ने ठाउमा भन्छन् अरुथोक नै। युक्रेनलाई लडाइँमा सहयोग गर्न अमेरिकाले दिएको भनिएको घोषित रकम आफूले नपाएको Zelensky ले हालसालै बताएका थिए। र त्यो $१७७ अर्ब डलर पैसा कता गयो भनेर अहिले Elon Musk ले खोज्दैछन् । यस विषयमा पनि कसैले भिडीयो बनाउदैनन्, किनकि तिनीहरूलाई आफू बसिरहेको देश अमेरिका त नेपाल भन्दा पनि खत्तम रहेछ भन्नु छैन। आफूले छाडेर गएको देश नेपाल खत्तम छ भन्ने भाष्य खडा गरेर आफू एकदमै सुपरियर मान्छे भएको कारण नेपालले आफूहरूको दिमागलाई प्रयोग गर्न नसकेको कल्पना गरेर तिनीहरु लाई बडो extraordinary बन्नु छ।
तर यथार्थमा त्यस्तो हैन। difficult Geographical landscape हरु Mountains, Plains, Hills, rivers side, forest आदिको कारण नेपालमा आधुनिक स्तरको भौतिक निर्माण तिब्र नभएको हो। छिमेकी देश भारत र चीनको business domination को कारण हाम्रो उत्पादनले बजार नपाएको हो। भूपरिवेष्ठित देश भएको कारण विदेशी investor हरुको लगानी भएन,फलस्वरुप materials Export-inputs हुने बाटो नभएको कारण unemployment बढेको हो। तर नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन। पृथ्वीमा धेरै देशहरू छन्। सम्पूर्ण अफ्रिकी महादेश भन्दा नेपाल सामाजिक सुरक्षामा धेरै राम्रो छ। तपाईं मध्यपूर्व (Middle East) लाई हेर्नुहोस्, उत्तर अफ्रिकाका अरब देशहरू हेर्नुहोस्, तिनीहरूको भन्दा धेरै राम्रो political establishment, social justice र सामाजिक विकासक्रम नेपालमा छ। तपाईं युरोप भनेर मात्र हुदैन, पूर्वी युरोप (Eastern Europe) लाई हेर्नुहोस्, तिनीहरूको भन्दा नेपालको Happiness Index राम्रो छ, सरकारी सेवा सुविधा पनि राम्रो छ। तपाईं South Asia नै हेर्नुहोस्, के तपाईं अफगानिस्तान गएर परिवार संग बस्न सक्नुहुन्छ? के तपाईं पाकिस्तानमा गएर होटल खोल्न सक्नुहुन्छ? के तपाईं बंगलादेशमा गएर घर किन्न सक्नुहुन्छ? त्यति मात्रै हैन नेपालको लागी भारत पनि आकर्षक गन्तब्य हैन। संसारमा जहाँ गएपनि नेपालीहरु सबैभन्दा पहिला नेपालमा घर किन्न चाहन्छन्। किनकी त्यो नेपालको माया भएको कारणले मात्रै हैन, नेपाल राम्रो भएको कारणले पनि हो।
आप्रवासीले बनाएको देशहरुमा एउटा भाष्य छ, त्यो के भने immigrant don’t like immigrant. विदेशी कामदारले विदेशी कामदार नै मन पराउदैनन्, र आफू स्थानियबासी भएको भ्रम पाल्छन्। किलिनरको दुश्मन किलिनर नै हुन्छ। नेपालीहरूमा किसानको दुश्मन कोही हुँदैन अर्को किसान दुश्मन भएर निस्किन्छ। नेपालको समस्या यही हो। अनि यस्ता मान्छेहरूले नै नेपाल बर्बाद भयो भनेर विभिन्न propaganda चलाएका हुन्छन्। कोही स्वबियुको निर्वाचन हारेर विदेश गएका हुन्छन्, कोही पत्रकारिता गर्दा गर्दै विदेश गएका हुन्छन्, कोही शिक्षक, कोही इन्जिनियर, सैनिकका हाकिमहरू, कोही NGO – INGO मा काम गरेर विदेश गएकाहरू हुन्छन्। यिनीहरूले सबैभन्दा ठूलो दुश्मन आफ्नो देशको नेता देख्छन्, राजनीति देख्छन्। यिनीहरूले आफ्नो भाईसाथी मेयर भएको, वडा अध्यक्ष भएको, संसद भएको, मन्त्री भएको देख्न सक्दैनन्। जो गाउमा छन्, जो घुलो धुवामा बसेर देशको सेवा गरिरहेका छन्, तिनिहरुको अनावश्यक बदनाम गर्ने काम यस्तै ओभरस्मार्ट मान्छेहरुबाट भईराखेको छ।
हो, नेपालमा समस्या छन्, तर त्यो भन्दा ठुला समस्या अन्य विकसित देशहरूमा पनि छन्। आशिका तामांगजीले नेपालको महंगाई र गाडी पार्किङ शुल्क लगायतको विषयमा आवाज उठाइरहनु भएको छ। तर युरोपमा बसेको सबैलाई थाहा छ, कति महंगाई छ,गाडी पार्किङ शुल्क कति महंगो लाग्छ भनेर। आज अण्डाको मूल्य २ युरो छ भने अर्को हप्ता ५ युरो हुन्छ। सामान्य कपाल काटेको २५ देखि ३० युरो लाग्छ। अनि सवारी साधन पार्किङ शुल्क र जरिवाना तिरेर मानिसहरू पागल जस्तै भएका छन्। नेपाल त संसारको सबैभन्दा सस्तो देश हो। जे कुरा पनि सस्तो छ नेपालमा । त्यसकारण मलाई लाग्छ विदेशको हेरेर नेपालका समस्या धेरै साना हुन्। व्यवस्थापकीय कमजोरी एउटा र अर्को कानूनी दुरुपयोग। यो कुरालाई management गर्न सके नेपाल जस्तो सुन्दर देश संसारमा कतै छैन। फोहोर बाटो सफा गरे भैहाल्छ, बिग्रिएको बाटो बनाए भैहाल्छ। सरकारी स्कुल र अस्पतालहरूमा सेवा सुविधा पनि नभएको होइन, त्यसलाई सही ढंगले परिचालित नगरिएको हो। विदेशमा डाक्टर भेट्ने मिति कुर्दा कुर्दै बिरामीको मृत्यू भैसक्छ। Free treatment भन्ने कुरा भ्रम हो, insurance ले कभर गर्ने जति मात्र free treatment हो। नत्र किन Go fund अभियान चलाउँथे?
मैले Tanka Dahal जीको पनि भिडीयोहरू हेरिरहेको हुन्छु, उहाँ क्रियटिभ हुनुहुन्छ, बौद्धिकता पनि छ। तर नेपाली मिडियाको आलोचना गर्दै गर्दा CNN लाई ट्रम्पले के भन्छन्, Elon Musk ले ट्विटरलाई किन free speech को केन्द्र बनाए त्यो पनि बुझ्नु पर्छ। नेपालका नेताहरू विदेशी दलाल भए भन्दै गर्दा ट्रम्पले किन क्यानडा लाई अमेरिकाको स्टेट भन्छन्, किन Greenland किन्छु भन्छन्, किन यति धेरै करको दायरा बढाएर छिमेकी देशहरु लाई टारिफ लगाएका छन्, त्यो पनि भन्नु पर्छ। भोली मोदी वा कोही त्यस्तै बनेर निस्कियो भने के हुन्छ, त्यो पनि भन्नु पर्छ। नेपाली नेताहरु पनि विदेशी दबाब बाट अछुतो छैनन्। यिनीहरु जे जस्तो छन्, आजको मिती सम्म अन्तराष्ट्रिय शक्तिहरु संग पनि ट्याकल गरेकै छन्। सानो देशको नेतालाई कसरी हेप्छन् भन्ने कुरा जेसेनेस्किले अमेरिकामा भेग्नु परेको अपमानबाट थाहा हुन्छ। हो, धेरै पटक नेपाल पनि त्यसरी नै अपमानित हुनु परेको हुन सक्छ। यसको निम्ती परराष्ट्र निती ठिक गर्ने उपायहरु भनौ, नेपालको सुरक्षाको लागी आईरनडोम बनाउने उपाय भनौ । तर क्षणिक भाईरलको लागी तथ्यहरु लुकाएर , सानो कुरालाई ठुलो बनाएर थोरै IQ लेबल भएका नेपालीहरु लाई भड्काउने काम नगरौ। कुरा नबुझ्नेहरुको अगाडी भाईरल भएर केही उपती लाग्दैन, बरु कुरा बुझाउने विचार संप्रेशण गरौ। त्यो नै देश प्रेम हो। हो हामीसँग समस्या छन्। तर विश्वका धेरै देशहरूमा भन्दा निकै थोरै समस्या छन्। अनि म एक छाक र एकसरो खान, लगाउन नपुगेर विदेश बसेको हैन। उठिबास लागेको कारण कोही नेपाली विदेश जानु परेको छैन। सपना ठुलो छ, देशको औकात सानो छ। हाम्रो समस्या सपना र औकातहरुको तालमेल नमिल्दा निम्तिएका हुन्। मेरो कुरा गरौ, विदेशमा बस्न मन लागेर मात्रै विदेशमा बसेको हो। पैसा त मैले विदेशमा भन्दा नेपालमा तेब्बर कमाउन सक्छु। कतिपय सामाजिक संरचनाका कारण पनि यतिकै झ्याउ लागेर नेपाल छाड्नेहरु पनि धेरै छन्।