मिति: २४ चैत्र २०८१, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
नेकपाले माल्कोटमा २७ औं वीरता दिवस मनाउदै – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचार

नेकपाले माल्कोटमा २७ औं वीरता दिवस मनाउदै

नेकपाले माल्कोटमा २७ औं वीरता दिवस मनाउदै

२५ चैत्र,

कालिकोट ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माल्कोटमा २७ औं वीरता दिवस मनाउदै छ ।
भोलि चैत्र २६ गते माल्कोटको शेरापाटामा भव्य कार्यक्रमको आयोजना गरी नेकपाले वीरता दिवस मनाउन लागेको हो ।


२०५४ साल चै त्र २६ गते जनदमनमा माल्कोट पुगेको प्रहरी जग्थालाई महिलाहरुले संगठित रुपमा प्रतिरोध गरी विथोल्डाँडा रहगाड हुदै चिउरी मेलासम्म लखेटी प्रहरीको हतियार खोसेर पाटीलाई बुझाउने जस्तो महान वीरताको काम गरेको स्मरणमा हरेक बर्ष नेकपाले वीरता दिवस मनाउने गरेको छ ।
यो गाउँ नेकपाका प्रवक्ता प्रकाण्ड सीको गाउँ पनि हो । उहाँकै नाम लिदै जनदमनका लागि प्रहरी कुमालगाउँ प्रहरी चौकीबाट माल्कोट गाउँमा पुगेको थियो ।
प्रहरीले माल्कोट पुगेपछि माओवादी खै कहाँ छन ? भन्दै सुरुमा स्थानीय महिला प्याउकली विकमाथि ज्याजती गरेको थियो ।
उहाँको घरमा गाँउमै प्रयोग गरिने हाते माईक भेटाएकै कारण माईक माओवादीको हुनसक्ने भन्दै प्रहरीले प्याउकलीमाथि चरम यातना दिन थाल्यो ।
प्याउकलीले कुनै पनि हालतमा पार्टीको माईक नभएको बताईरहेको बेला प्रहरीले उहाँको टाउकोमा एक्कासी गोली हान्यो भने गाउँ कोलहाल र रक्तामे भयो ।
त्यसपछि आक्रोशित महिलाहरुले प्रहरीका विरुद्ध घरेलु हात हतियार र ढुङगा मुढाले प्रतिरोध सुरु गरे ।
प्रहरीले अन्धाधुन्ध गोली चलायो । प्रहरीको गोलीबाट प्याउकली सहित थप विजा विक, जया विक,मंगली विक, गोरीकला विक लगायतका ६ जना महिलाहरु घाईते भए ।
महिलाहरुको प्रतिरोध रणमैदानमा परिणत भयो । महिलाहरुले प्रहरीलाई ढुङगा मुढा र घरेलु हात हतियारले प्रतिरोध गर्दै विथोलडाँडा हुदै रहगाडसम्म लखेटे ।
माल्कोट,कोटवाडा र लालुबाट थप सहभागी महिला पुरुषले प्रहरीलाई त्यहाँबाट पनि लखेट्दै चिउरी मेलासम्म पुर्याए ।
मेलाको एउटा ओढारमा लुकेर बसेका प्रहरीले धन्धाधुन्ध चलाएको गोली लागि कोटवाडाका काली बहादुर विकको उच्च शाहदत्त भयो । उहाँ कालिकोटकै पहिलो सहिद पनि बन्नु भयो ।
क्रान्तिकारी आक्रोशित महिला तथा पुरुषहरुले प्रहरीलाई बाध्य भएर ओढारमा आगो लगाउन पुगे । आगोबाट जलेर ३ जना प्रहरीको ओढारमै मृत्यु भयो ।
प्रहरीले प्रयोग गर्ने एक थान थ्रिनट थ्रि राईफल समेत बहादुर महिलाहरुले खोसेर तत्कालिन जनयुद्ध लडिरहेको नेकपा (माओवादी)लाई बुझाए ।
जनदमनका लागि गएका अरु प्रहरीहरु बेपत्ता हुदै भागे भने उनीहरुको प्रयोग गर्ने थप हतियार आगोमा जल्यो ।
यो घटना जनयुद्ध सुरुवातीकै दोस्रो बर्षको थियो । यसले सिंगो सामन्ती प्रतिक्रियावादी सत्तालाई ठुलो धक्का पुग्यो । थप माल्कोट लगायतका ठाउँहरुमा जनहत्या अभियान नै चलायो ।
क्रान्तिकारी माल्कोटी जनताले थप प्रतिरोध गर्दै जनयुद्धमा सहभागी भए । यो ऐतिहासिक घटनालाई नेकपाले उच्च साहसीक र वीरतापूर्ण घटना भएको भन्दै हरेक बर्ष वीरता दिवस मनाउदै आएको छ ।
यो बर्ष पनि शेरापाटामा भव्य कार्यक्रमको आयोजना गरिएको र सम्पूर्ण तयारी पुरा भएको नेकपा कालिकोटका जिल्ला सेक्रेटरी बलमान सीले जनाउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button