मिति: २ बैशाख २०८२, मंगलवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
प्रथम देउडा खेल  प्रतियोगिता मनाेमानी मुल्यांकन देखि आर्थिक अनियमिताकाे आराेप  – Darsan Nepal
ताजा समाचारमनोरञ्जन

प्रथम देउडा खेल  प्रतियोगिता मनाेमानी मुल्यांकन देखि आर्थिक अनियमिताकाे आराेप 

सुर्खेत ।

संस्कृति संरक्षण समाज सिमकोट हुम्लाको आयोजनामा वीरेन्द्रनगरस्थित सिटीहलमा गरेको देउडा प्रतियोगितामा लफडा भएको छ । मुल्याङ्कनमा मनोमानीदेखि अनियमितता भएको भन्दै मुद्दा परेको छ ।

एक जना देउडा कलाकर्मीले जिल्ला प्रशासन कार्यालयमा प्रतियोगितामा अनियमितता भएको भन्दै मुद्दा दायर गरेको बताइएको छ ।

प्रतियोगितामा भाग लिन कर्णाली तथा सुदुर पश्चिमका विभिन्न जिल्लाका देउडा खेलाडीहरु सहभागी थिए ।

चैत १५ गतेदेखि सुरु भएको उक्त देउडा प्रतियोगिता बिचमै मुल्याङ्कनमा मनोमानी भएको भन्दै विरोध उठेपछि रोकियो ।
प्रतियोगितामा नन्दकृष्ण जोशीको संयोजकत्वमा देउडा सम्राट कहलिएका कालिकोटका नेत्रराज शाही, चर्चित गायिका रेखा जोशी र शान्ति शाही, काली बहादुर भण्डारी लगायत थिए ।

विविध कारणले रेखा, नन्दकृष्ण जोशी बिचमै काठमाडौँ फर्किए । त्यसपछि मुल्याङ्कनको संयोजक भए, नेत्रराज शाही । त्यसपछि विरोध भएको थियो । जया बहादुर थापा लगायत १२ जना देउडा खेलाडीहरुको समुहले सही मुल्यांकन नभएको र समग्र देउडा क्षेत्रको अपमानित गर्ने काम आयोजकले गरेको भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

दैलेख ठाटीकाँधका देउडा खेलाडी जयाबहादुर थापाले मुल्याङ्कन समितिले तोकिएको पूर्णाङ्कभन्दा बढी नम्बर दिएको बताए । ‘साथै कम नम्बर ल्याउने समूहलाई प्रथम बनाइएको, बढी नम्बर ल्याउनेलाई अन्तिम बनाइयो,’ उनले भने, ‘योत प्रतियोगिताको नाममा बदनाम बनाउने काम भयो । व्यक्तिवादी पूर्वाग्रही तरिकाले मूल्यांकन गरियो ।’

देउडा खेलाडी शंकर मल्लले सामाजिक सञ्जालमै विरोध गरेर आफु घर फर्किन लागेको जानकारी गराएका छन् ।

खेलको मूल्यांकन संयोजक नेत्रराज शाहीका अनुसार कुनै खेलाडी वा समुहको पक्ष नलिएको दाबी गरे । निष्पक्ष तरिकाले निणर्य लिएको पनि उनले बताए । यद्यपि अन्य निर्णायक समुहमा बसेका निर्णय कर्ताले के गरे ? भन्ने कुरा आफुलाई थाह नभएको उनको भनाइ छ ।

साथे आफुले निर्णायकले गर्नुपर्ने काम आयोजकले नै गरिरहेको आरोप उनको छ । तर आयोजक संस्था संस्कृति संरक्षण समाज सिमकोटका अध्यक्ष तिर्थराज रोकाया निर्णायक समितिमाथि नै प्रश्न उठाउँछन् ।

प्रतियोगितामा ३६ वटा टोलिहरू सहभागि रहेको यो प्रतियोगिता चैत २१ गतेसम्म सञ्चालन भएको थियोे ।

प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गरेका थिए ।

जयाबहादुर थापा लगायत देउडा खेलाडीहरुले बुझाएको ज्ञापनपत्र

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button