ताजा समाचार
चिसापानीमा बस दुर्घटना : ७ जनाको अवस्था गम्भीर घाइते चालक फरार

मकवानपुर ।
मकवानपुरकाे बकैया गाउँपालिका -३चिसापानी बजार स्थित बस दुर्घटना हुदा सात जना गम्भीर घाईते भएका छन ।
सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस राति करिब ९: ३० बजे सडकको घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हाे ।
मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडकखण्डमा भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमणमा गइरहेको बस बुधबार राति दुर्घटनामा परेको हाे चालक सहित ३१ जना सवार रहेका थिय ।
दुर्घटना घाइते भएका सबैलाई व्याक्तिहरुलाई उद्धार गरि हेटैँडा अस्पतालमा र अन्य अन्य अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन ।
दुर्घटनामा भइसकेपछि चालक फरार रहेकाले खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।