देशराशिफलसफलताको कथासाहित्य/ सिर्जना
अनेमसंघ (क्रान्तिकारी)रास्कोटको अध्यक्षमा हस्ता सी निर्वाचित

२८ चैत्र, कालिकोट ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रास्कोटको अध्यक्षमा हस्ता सी निर्वाचित हुनु भएको छ ।
विहिवार रास्कोटमा भव्य रुपमा सम्पन्न दोस्रो नगरभेलाबाट हस्ता सी अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँको अध्यक्षतामा २५ सदस्सीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को रास्कोट नगरकमिटी निर्वाचित भएको छ । भेलामा उपाध्यक्षमा कुशा सी,सचिवमा पर्वता सी,सहसचिवमा चैनपुरा सी र कोषाध्यक्षमा ज्वाला सी निर्वाचित हुनु भएको छ । यस्तै भेलाले अन्य सदस्यहरुमा अउछा सी, सत्य, शोभा, मनसरा, ऐना, साविता, भट्टी, सरिता, कल्पना, दाना, फुलटउरा, अमिला, मनसरा, कृसना, नानी, चल्ली, कोपिला, बाचु, लछु लगायत २५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
नवनिर्वाचित टिमलाई भेलाका प्रमुख अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव राजकुमारी, विशेष अतिथि नेकपा केन्द्रीय सदस्य विवेक सी, केन्द्रीय सदस्य विक्रम सी, केन्द्रीय सल्लाहकार समग्र सी, पत्रकार कर्ण विश्वकर्मा लगायतका अतिथिहरुले अविर आवरण गर्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको छ । यसअघि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव राजकुमारीले भेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै वर्गीय मुक्तिसंगै महिला मुक्ति प्राप्त हुने बताउनु भएको छ ।
उहाँले जनयुद्धले महिलाहरुको केही अधिकार स्थापित गरेर नेतृत्व विकासमा केही योगदान गरेपनि क्रान्ति अधुरो हुदा महिलाहरुमाथिको विभेद पूर्ण रुपमा अन्त्य नभएको जिकिर गर्नु भयो । ‘जुन उद्देश्यले जनयुद्ध सुरू भएको थियो, त्यो अझै पुरा भएको छैन’ महिला नेतृ राजकुमारीले भन्नु भयो, ‘तर पनि केही अधिकार भने स्थापित भएका छन,यसमा योग्दान दिने सबै दिदि वहिनी तथा आमाहरुलाई सम्झिन चाहान्छु ।
हामी पूर्ण अधिकार प्राप्तिको लागि संघर्षमै छौ, म कालिकोटवासी सबै दिदि वहिनी र आमाहरुलाई समाजवादी क्रान्तिमा योगदान दिन अपिल गर्छु ।’ उहाँले विगतमा पितृसत्तात्मक व्यवस्थाले महिलाहरुको योग्दानलाई मूल्यहिन बनाईएको बताउनु भयो । भेलाको उद्घाटन सत्रमा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले भेला सफलताको शुभकामना दिदै भेलाबाट बन्ने नयाँ नेतृत्वले समाजवादी व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले निर्वाचित हुने नेतृत्वले महिला हिंसा, घरेलुु हिंसा अन्त्यको लागि पनि सशक्त आवाज उठाउने बताउनु भयो । नेकपा केन्द्रीय सल्लाह समिति सदस्य समग्रले कालिकोटमा नेकपा माओवादी केन्द्रका केही नेता पार्टी एकता विरोधि रहेको टिप्पणी गर्नु भयो । भेलामा शुभकामना दिदै नेकपा केन्द्रीय सदस्य विक्रम सीले माल्कोटे साहसिक महिलाले जनयुद्धलाई अन्तर्राष्ट्रिय करण गरेको भन्दै कालिकोटमा महिलाले आफुलाई कमजोर नठान्न आग्रह गर्नुभयो । दोस्रो रास्कोट नगरभेलाकोे अध्यक्षता हस्ता सीले गर्नुभएको थियो भने स्वागत मन्तव्य छाँया सीले दिनु भएको थियो ।